२०८१ कार्तिक २ गते शुक्रवार | 2024 October 18th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सिरोहिया पक्राउबारे प्रधानमन्त्री, अदालती प्रक्रिया हो, बढ्ता हो–हल्ला गर्न जरूरी छैन

काठमाडौं, जेठ ९ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ प्रकरणमा बढ्दा हो–हाल्ला गर्न आवश्यक नभएको स्पष्ट पार्नुभएको छ । नागरिकता कीर्तेसम्बन्धी कसुरमा अनुसन्धानका लागि पक्राउ परेका सिरोहियाको मुद्दा अदालती प्रक्रियाबाट टुंग्गो लाग्ने उहाँले बताए ।

उहाँले भन्नुभयो, ‘यो अदालतले प्रक्रिया अगाडि बढाउ भनेपछि अदालती प्रक्रिया मैले बुझेको छु । बढ्ता हो–होल्ला गर्नु आवश्यक छैन ।’

सरकार (गृहमन्त्री) ले रिसिबी साँध्यो भन्ने आरोप छ नि ? भन्ने पत्रकारको जिज्ञासामा उहाँले यसमा कुनै सत्यता नभएको जिकिर गर्नुभयो । ‘त्यो गलत हो, उहाँसँग किन रिसिबी ?’, उहाँ निर्दोष भए छुटिहाल्नुहुन्छ त्यो हल भइहाल्छ उहाँको भनाइ थियो ।

गृहमन्त्री व्यक्तिगत रूपमै आउनुभयो भन्ने छ नि ? भन्ने जिज्ञासामा उहाँको जवाफ थियो, ‘त्यो मान्छेले भन्ने कुरा मात्रै हो । उहाँ अदालती प्रक्रियाबाट निर्दोष हुनुहुन्छ सजिलै छुट्नुहुन्छ । त्यो हल भइहाल्छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरूद्ध समाचार लेखेकै कारणले सिरोहियामाथि प्रतिशोध साँधेको आरोप लागिरहेको छ ।’

प्रकाशित मिति : २०८१ जेष्ठ ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस