२०८१ असोज २१ गते सोमवार | 2024 October 7th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सिरोहियालाई रिहा नगरेसम्म निरन्तर संघर्ष गर्ने मिडिया सोसाइटीको घोषणा

काठमाडौं । मिडिया मालिकहरुको साझा संगठन मिडिया सोसाइटीले कान्तिपुर पब्लिकेसनका अध्यक्ष कैलाश सिरोहियालाई रिहा गर्न माग गरेको छ । सोसाइटीका अध्यक्ष शुभशंकर कँडेलले सिरोहियालाई रिहाइ नगरेसम्म निरन्तर संघर्ष गर्ने घोषणा गरे ।

मिडिया सोसाइटीले आज पत्रकार सम्मेलन गर्दै सिरोहिया पक्राउको निन्दा गरेको हो । कँडेलले नागरिकतामा विवरण तलमाथि हुँदैमा पक्राउ गर्न नमिल्ने बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीको नागरिकतामा पनि गडबडी रहेको आशंका उनले व्यक्त गरे ।

कँडेलले भने, ‘प्रचण्ड र ओलीले पनि नागरिकतामा विवरण बदल्नुभएको शंका हामीलाई छ । उहाँहरुले पुरानो नागरिकता छोडेर प्रतिलिपि बोक्नुभएको छ । पहिलेको नागरिकता सिरोहियाको जस्तै नेपाली कागजमा थियो होला । त्यसमा नाम, थर, वतन, जिल्ला, मिति तलमाथि रहेको मिडिया सोसाइटीलाई गम्भीर शंका छ ।

सबै पत्रकार साथीहरलाई आग्रह गर्छौं कि एकपटक प्रधानमन्त्री र ओलीको नागरिकता हेरौं । देउवाको, नेपालको पनि खोजौं । हामीले खोजौं न । कसरी बदल्नुभएको रहेछ । के प्रक्रिया अपनाउनुभएको रहेछ । पक्राउ गरिएको रहेछ कि रहनेछ ।’

उनले नागरिकतामा विवरण फरक परेको भए सच्याउन मिल्ने बताए । पक्राउ पूर्जिपछि पनि सिरोहियालाई बोलाएर बयान लिन सकिनेमा मिडिया हाउमै आएर पक्राउ गर्नु आपत्तिजनक रहेको उनको भनाइ छ । सिरोहियालाई चाँडोभन्दा चाँडो रिहा गर्न माग गर्दै कँडेलले भने, ‘रिहाइ नभएसम्म उहाँमाथिको गिरफ्तारीका विरुद्ध निरन्तर संघर्षरत छौं र मिडिया सोसाइटी संघर्षरत रहनेछ ।’

 

प्रकाशित मिति : २०८१ जेष्ठ ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस