२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सिरोहिया पक्राउको विरोधमा धनुषा अदालतनजिकै नेविसंघ चर्को नाराबाजी

जनकपुरधाम । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेको विरोधमा जनकपुरमा नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेविसंघले प्रदर्शन सुरू गरेको छ । नेविसंघका कार्यकर्ताहरू प्रदर्शन गर्दै धनुषा जिल्ला अदालत पुग्न खोज्दा प्रहरीले रोकेको हो । अहिले उनीहरु अदालतनजिकै सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् ।

प्रदर्शनकारीले प्रेस स्वतन्त्रता कायम गर, सहकारी ठग सरकार मुर्दावाद, प्रतिशोधले कलम झुकाउन पाइँदैन जस्ता नारा लगाइरहेका छन् ।

 

प्रकाशित मिति : २०८१ जेष्ठ ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस