२०८१ असोज ६ गते आइतवार | 2024 September 22nd Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कोलकाताले हैदरावादलाई पराजित गर्दै फाइनलमा स्थान बनायो

काठमाडौं । आईपीएल २०२४ मा कोलकाताले हैदरावादलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको छ । बलरको उत्कृष्ट प्रदर्शनपछि वेन्कटेश अय्यर र कप्तान श्रेयस अय्यरको उत्कृष्ट अर्धशतकको मद्दतले क्वालिफायर–१ खेलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्दै कोलकाता नाइट राइडर्स (केकेआर) फाइनलमा प्रवेश गरेको हो ।

पहिले ब्याटिङ गरेको हैदरावादले राहुल त्रिपाठीको ५५ रनको सहयोगमा १९.३ ओभरमा १५९ रन बनाएको थियो । लक्ष्य भेट्टाउन आएको केकेआरका श्रेयसले २४ बलमा पाँच चौका र चार छक्कासहित ५८ रन हाने । २८ बलमा वेन्कटेश अय्यरले पाँच चौका र चार छक्कासहित अविजित ५८ रन बनाए । केकेआरले मात्र १३.४ ओभरमा दुई विकेट गुमाएर १६४ रन बनाएको थियो ।

केकेआर यसरी क्वालिफायर–१ मा अपराजित रहने आफ्नो कीर्तिमान कायम राख्यो । आईपीएल २०२४ को फाइनल पुग्ने पहिलो टोली बन्यो। हारका बाबजुद हैदरावादको टोली प्रतियोगिताबाट बाहिरिएको छैन ।

उसले उपाधि खेलमा प्रवेश गर्ने थप एक मौका पाउनेछ । हैदरावादले अब क्वालिफायर २ मा शुक्रबार आरसीबी र राजस्थान रोयल्सबीच हुने एलिमिनेटरको विजेता टोलीसँग प्रतिस्पर्धा गर्नेछ। क्वालिफायर–२ को विजेता टोलीले आइतबार चेपौक स्टेडियम चेन्नईमा हुने उपाधि खेलमा केकेआरको सामना गर्नेछ।

 

प्रकाशित मिति : २०८१ जेष्ठ ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस