२०८१ असोज ६ गते आइतवार | 2024 September 22nd Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कोलकातालाई हैदरावादले दियो १६० रनको लक्ष्य, पूरा ओभर नखेल्दै अलआउट

KKR vs SRH Live Score

काठमाडौं । आईपीएल २०२४ को क्वालिफायर १ मा आज तालिकाको शीर्ष स्थानमा रहेको कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादको सामना गरिरहेको छ ।

खेलमा कोलकातालाई हैदरावादले १६० रनको लक्ष्य दिएको छ । हैदरावाद १९.३ ओभरमा नै अलआउट भयो । दुवै टोलीले फाइनल पुग्ने दुई–दुई मौका पाउने भए पनि केकेआर र हैदरावाद दुबै टोली यही मौकामा खेल जितेर उपाधिको दाबेदार बन्न प्रयास गरिरहेका छन् ।

तीव्र गतिका बलर मिचेल स्टार्कको नेतृत्वमा बलरको उत्कृष्ट प्रदर्शनका कारण कोलकाता नाइट राइडर्स (केकेआर) ले सनराइजर्स हैदरावाद (एसआरएच) लाई १९.३ ओभरमा १५९ रनमा अलआउट गरेको थियो । अब केकेआरले फाइनलमा पुग्न १६० रन बनाउनैपर्छ ।

हैदरावादका कप्तान प्याट कमिन्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका थिए तर स्टार्कले सुरुआती झट्का दिएपछि उनको इनिङ्स कमजोर भयो । हैदरावादको टोलीले यी झट्काबाट उम्कन सकेन तर राहुल त्रिपाठीको अर्धशतक र अन्तमा कमिन्सको द्रुत इनिङ्सको मद्दतले टोली १५० रनको अंक पार गर्न सफल भयो।

केकेआरका लागि मिचेल स्टार्कले ३ विकेट लिए । प्रतियोगिताको इतिहासमा सबैभन्दा महँगो बिक्रेता स्टार्कको चालु सिजनको प्रदर्शन भने खासै रहेन तर क्वालिफायर–१ जस्ता महत्वपूर्ण खेलमा उनले आफ्नो क्षमता देखाए । स्टार्कले पहिलो ओभरमा ट्राभिस हेडलाई खाता नखोल्दै आउट गर्दै हैदराबादलाई ठूलो झट्का दिएका थिए ।

त्यसपछि उनले नितिश रेड्डी र शाहबाज अहमदलाई पनि प्याभिलियन पठाए । केकेआरका लागि स्टार्क बाहेक स्पिनर वरुण चक्रवर्तीले दुई विकेट लिए । चाखलाग्दो कुरा के छ भने यस खेलमा केकेआरका प्रत्येक बलरले सफलता हासिल गरे र हैदरावादलाई ठूलो रन बनाउनबाट रोक्न सफल भए।

 

प्रकाशित मिति : २०८१ जेष्ठ ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस