२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

परराष्ट्रमन्त्री नारायणकाजीको सम्पत्ति १ लाख २२ हजार मात्रै

Narayankaji Shrestha 5

काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको सम्पत्ति एउटा गाडि र बैंक खातामा १ लाख २२ हजार ९ सय १८ रुपैयाँ रहेको सार्वजनिक भएको छ । नारायणकाजीसँग कुनै पनि कम्पनीको शेयर वा धितोपत्रहरु नभएको सम्पत्ति विवरणमा खुलाइएको छ ।

श्रेष्ठले गोरखा सिरानचोकमा आफ्नो नाममा रहेको विभिन्न कित्ताका ३९ रोपनीभन्दा बढी जमिन सम्पत्ती विवरणमा खुलाउनु भएको छ । तर, उहाँले ती जमिन २०५८ सालमै पार्टीलाई हस्तान्तरण गर्ने घोषणा गरिसकेको र जग्गा नामसारीको प्रक्रियामै रहेको खुलाउनु भएको छ ।

उहाँसँग भएको बा १० च ५७९८ नम्बरको महिन्द्रा गाडी प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रयोगका लागि उपलब्ध गराएको श्रेष्ठले सम्पत्ति विवरणमा उल्लेख गर्नुभएको छ । तर, प्रधानमन्त्री दाहालले आफ्नो सम्पत्ती विवरणमा यस प्रकारको गाडीबारे कुनै खुलासा गर्नु भएको छैन ।

 

प्रकाशित मिति : २०८१ जेष्ठ ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस