२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

चिनियाँसँग नक्कली विवाह गराएर नेपाली युवती बेच्ने महिला पक्राउ, चीन पुर्याएपछि वेश्यावृत्ति

काठमाडौं, जेठ ८ गते । नक्कली विवाह गराएर चीन पुयाएर मानव बेचविखन गरेको आरोपमा एक महिला पक्राउ परेका छन् । नेपाल प्रहरीको मानवबेचबिखन अनुसन्धान ब्यूरोले नेपाली महिलालाई नक्कली विवाह गराई चीन लगेर बेचविखन गरेको आरोपमा ४३ वर्षीया मनमाया घलेलाई पक्राउ गरेको हो ।

परिवर्तित नाम २६ बबरमहल (१८८) लाई चिनियाँ नागरिकसँग विवाह गरेमा ग्रिनकार्ड बनाउन मिल्छ, ग्रिनकार्ड पश्चात नेपाल आउन जान मिल्छ, भविष्य सुनौलो हुन्छ भन्ने प्रलोभनमा पारी चिनियाँ नागरिकसँग अदालतमा विवाह समेत गराईदिई चीनमा पुयाएर बेचबिखन गरेको खुलेपछि उनी पक्राउ परेकी हुन् ।

पीडितको जाहेरीको आधारमा व्यूरोबाट खटिएको प्रहरी टोलीले ठमेल एरियाबाट पक्राउ गरी मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाण्डौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको छ । घले नुवाकोट किस्पाङ्ग गाउँपालिका वडा नं १ स्थायी ठेगाना भई हाल चीनको हेलिइङजियाङ प्रदेशको हार्विन सिटीमा बसोबास बस्दै आएकी थिइन् ।

अनुसन्धानको क्रममा घलेले घरको आर्थिक अवस्था कमजोर भएकी २६ बबरमहल (१८८) लाई चिनियाँ नागरिकसँग विवाह गरेमा ५ वर्षपछि ग्रिनकार्ड बनाउन सकिन्छ, केटा धनि छ, नेपाल आउन जान पनि मिल्छ भन्ने प्रलोभनमा पारेको खुल्न आएको छ ।

घलेले चिनिया नागरीसँगको मिलेमतोमा पीडितलाई काठमाडौं जिल्ला अदालतमा लगि ललाई फकाई २०७९ चैत १३ गते चिनिया नागरीकसँग कोर्ट म्यारिज गरिदिएको खुल्न आएको छ । विवाह गरिसके पछि मनमाया समेतले पीडितलाई २०८० बैशाख १ गते नेपालबाट चीनमा पुर्याई आफू नेपाल फर्किएकी थिइन् ।

विवाह गरी चीनमा पुर्‍याइसकेपछि चिनियाँ नागरिकले २६ बबरमहल (१८८) लाई यौन शोषण गरी बिभिन्न व्यक्तिहरुसँग जवरजस्ती वेश्यावृत्तिमा लगाएका थिए । २६ बबरमहल (१८८) लाई घलेले नेपाली पाँच लाखरुपैयाँमा वेचबिखन गरेको खुल्न आएको ब्यूरोका सूचना अधिकारी गौतम मिश्रले बताए ।

जवरजस्ती वेश्यावृत्तिमा लगाइराखेको अवस्थामा पीडितले उनको आफन्तलाई सम्पर्क गरिसकेकी थिइन् । चीनस्थित नेपाली दुतावाससगँको समन्वयमा उनलाई २०८० असार १ गते नेपाल उद्दार गरी ल्याइएको थियो । यस घटनामा संलग्न चिनियाँ नागरिक तथा अन्य प्रतिवादीहरुको खोजतलास तथा थप अनुसन्धान कार्य भई रहेको ब्यूरोले जनाएको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस