२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

काठमाडौंमा हावाहुरीसहित वर्षा, मज्जाको शितलता

काठमाडौं । राजधानी काठमाडौंसहित उपत्यकाभित्र हावाहुरीसहित वर्षा सुरु भएको छ । बिहानैबाट काठमाडौंका अधिकांश स्थानमा हावाहुरीसहित वर्षा सुरु भएको हो ।

“काठमाडौंका धेरै स्थानमा अहिले हावाहुरीसहित वर्षा भइरहेको छ,” मौसमविद् चिरन्जिवी भेटवालले भने, “स्थानीय वायुको प्रभावले हावाहुरीसहित वर्षा भइरहेको हो ।”

वर्षा सुरु भएपछि हावाहुरी कम हुने उनको भनाइ छ । वर्षा भएका ठाउँमा हावाहुरी कम भइसकेको उनले बताए । बर्षासँगै उच्च हुँदै गएको तापक्रम घटेको छ । मज्जाको शितलता छाएको छ । आज काठमाडौं हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस