२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बिदाइपछि विद्यालयको प्राङ्गण ढोग्दै शिक्षिका बाहिरिँदा कसैका रोकिएनन् आँशु

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर १२ तामनगरमा रहेको सरस्वती माविकी शिक्षिका गंगा ज्ञवालीले ३८ वर्ष अध्यापन गरेर अनिवार्य अवकाश पाएर बिदाइ भइन् ।

विद्यालयबाट बिदाइ हुँदै गर्दा विद्यालयको प्राङ्गणमा घुँडा टेकेर भुईंलाई ढोगेको र विद्यालयको साइनबोर्डतर्फ हात हल्लाउँदै बिदा भएको फोटो अहिले सामाजिक सन्जालमा भाईरल भइरहेको छ। उक्त बिद्यालयमा झण्डै चार दशक बिताएकी उनको र अर्की शिक्षक द्रौपदी रानाको बिदाइ कार्यक्रम २६ वैशाखमा भएको थियो ।

केही दिन अघि मात्र उनले सो तस्बिर सार्वजनिक गरेकी हुन। विद्यालयका एक शिक्षकका अनुसार उनी बाहिरिँदा कसैकापनि आँखा ओभाना थिएनन् । अधिकांशले आँशु बगाएका थिए । त्यो तस्विर आएपछि आफूहरुलाई मुस्किल परेको त्यो दिनको याद आएको उनले बताए ।

 

प्रकाशित मिति : २०८१ जेष्ठ ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस