२०८१ असोज २० गते आइतवार | 2024 October 6th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

ललितपुर आगलागी : सञ्जय गिरी पनि रहेनन्, एकै परिवारका ४ सदस्य बिते

६ जेठ, काठमाडौं । ललितपुर महानगरपालिका–१७ स्थित एक टहरोमा आगलागीमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ । दुई छोरी र आमापछि बुवाको पनि मृत्यु भएकाले मृतकको संख्या ४ पुगेको हो ।

मोबिल भण्डार गरिएको टहरोमा गत वैशाख २३ गते आगलागी हुँदा सञ्जय गिरी परिवारका सदस्यहरु घाइते भएका थिए । शनिबार सञ्जयको समेत मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शेखर खनालले जानकारी दिए । सञ्जय ग्वार्कोस्थित किस्ट अस्पतालको भेन्टिलेटरमा थिए ।

सोही अस्पतालमा सञ्जयकी श्रीमती रुपा गिरीको गत ३१ वैशाखमा मृत्यु भएको थियो । आगलागी भएको भोलिपल्टै उनका दुई छोरीहरु ८ वर्षीया प्रिया र ३ वर्षीया एलिसाको मृत्यु भएको थियो । आगलागीमा परी घाइते भएका सञ्जयका भतिज १५ वर्षीय नित गिरीको उपचार जारी छ । उनको अवस्था सामान्य छ । उनलाई नर्मल वार्डमा सारिएको ललितपुर प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २०८१ जेष्ठ ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस