२०८१ असोज ७ गते सोमवार | 2024 September 23rd Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

प्रमाण दिँदै गगन थापाले भने, रविकै नाममा संसदीय छानबिन समिति नबनेसम्म संसद चल्न दिँदैनौं

काठमाडौं, जेठ ६ गते । नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठन नभएसम्म प्रधानमन्त्रीले विश्वासको मत लिने संसद बैठक पनि चलन नदिने बताएको छ । आइतबार कांग्रेस महामन्त्री गगनकुमार थापाले पत्रकार सम्मेलन गरी संसदीय छानबिन समिति गठन नभएसम्म प्रधानमन्त्रीले विश्वासको मत लिने बैठक पनि चल्न नदिने बताएका हुन् ।

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने तयारी गरेका छन् । तर महामन्त्री थापाले जुन उद्देश्यका लागि छानबिन समिति माग गरिएको हो, त्यही अनुसार गठन भए मात्र संसद चल्न दिने बताए । उनले गोर्खा मिडिया प्रा.लि.का एमडी रवि लामिछानेले सहकारी ठगी गरेको प्रशस्त प्रमाण रहेकाले उनकै नाम जोडेर छानबिन समिति बन्नुपर्ने अडान कांग्रेसको रहेको स्पष्ट पारे ।

प्रकाशित मिति : २०८१ जेष्ठ ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस