२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अफगानिस्तानमा फेरि बाढी, कम्तीमा ५० जनाको मृत्यु

Afghanistan Flood

काठमाडौं । अफगानिस्तानमा फेरि भीषण वर्षापछि आएको बाढीमा ठूलो जनधनको क्षति भएको छ । अफगानिस्तानको घोर प्रान्तमा आएको बाढीका कारण कम्तीमा ५० जनाको मृत्यु भएको र हजारौँ घरहरू ध्वस्त भएको त्यहाँका अधिकारीहरूले जनाएका छन् ।

प्रारम्भिक जानकारीका अनुसार केही मान्छे हराइरहेका समेत छन् । बाढीका कारण कैयौँ सडकहरू भत्किएकाले समेत उद्धारमा कठिनाइ भएको प्रहरी अधिकारीहरूले जानकारी दिएका छन् ।

घोर प्रान्तको सूचना विभागका प्रमुख मौलवी अब्दुल हाई जइमका अनुसार २ हजार घर पूर्ण रूपमा भत्किएका छन् भने करिब ४ हजार घरमा आंशिक रूपमा क्षति पुगेको छ । त्यस्तै २ हजारभन्दा बढी पसलमा पानी पसेको छ ।

गत हप्ता मात्र उत्तरी अफगानिस्तानमा बाढीका कारण ३१५ जनाको मृत्यु भएको र १ हजार ६ सयभन्दा बढी घाइते भएको तालिबान अधिकारीहरूले जनाएका छन् ।

 

प्रकाशित मिति : २०८१ जेष्ठ ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस