२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भारतमा बन्धक ४३ नेपालीले मृत्यु नजिक छौ भन्दा कुनै नेताले सहयोग गरेनन् रियल हिरो सरोजले बचाए

काठमाडौं । नेपालमा रियल हिरोहरुको उदय हुँदैछ । सर्लाहीका सरोज राय नेपालका रियल हिरो हुन् । एउटा कोठाभित्र ४३ जना नेपालीलाई भारतको कस्मिरमा बन्धक बनाइएको थियो । राम्रो ज्याला दिने आश्वासनमा उनीहरुलाई त्यहाँ पुर्याइयो ।

तर बोटलमा पिसाब फेर्नुपर्ने, प्लास्टिकमा दिसा गरेर फ्याल्नुपर्ने र दिनरात काम गर्नुपर्ने बाध्यता लगाइयो । बाहिर हिँडे वा कसैलाई भने आतंकवादी हो भनेर उजुरी गर्ने र प्रहरीबाट गोली ठोकाउने डर दिइयो । यसरी उनीहरुले तीन महिना बिताए ।

एक जनाले आँट गरेर भाग्न सफल भए । त्यसपछि नेपालमा आफन्तलाई खबर गरे । आफन्तले मधेसका अधिकांश नेतासँग हारगुहार गरे । तर उनीहरुको चित्कार सुनेनन् । यो कुरा सर्लाहीका सरोज रायलाई थाहा भयो । उनले सबै प्रयास लगाएर ३ फागुनमा कस्मिर लगिएका उनीहरूको नेपाली दूतावास, किन इन्डिया र जम्मु–कस्मिर प्रहरीको पहलमा २६ वैशाखमा उद्धार गरियो । बुधबार उनीहरु नेपाल आइसकेका छन् । उनीहरुले सरोज रायले पुर्नजीवन दिएको भन्दै सम्मान गरिरहेका छन् ।

यसो त सरोज रायले यो मात्र मानवीय सहयोग गरेका हैनन् । उनले कयौं उद्धार र सहयोग गरेर आफूलाई रियल हिरोको रुपमा स्थापित गरिसकेका छन् । तराई मधेशमा ‘बजरंगी भाइजान’ को नामबाट परिचित सामाजिक अभियन्ता सरोज राय ‘प्रवल जनसेवा श्री’ पदकबाट विभूषित छन् ।

सरोज रायलाई समाजको आँखाले उनलाई हिरो देखिरहेको छ। पीडितका आँखाले भगवान देखिरहेको छ। बेसहाराका आँखाले उनमा सहाराको आश देख्छ। र, उनका आँखा सबैलाई देखिरहेका छन् । साउदी अरब लगायत विदेशी भूमिमा मृत्युदण्ड वा गम्भीर सजाय सुनाइएकाहरुको उद्धार होस् वा भारतमा बेचिएका सयौँ बालबालिका उद्धारमा उनी खटिरहेका छन् । यसैले उनी बारम्बार नागरिक अभिनन्दन हुन्छन् । यही उनी आफ्नो प्राप्ति ठान्छन् ।

 

 

 

प्रकाशित मिति : २०८१ जेष्ठ ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस