२०८१ कार्तिक २ गते शुक्रवार | 2024 October 18th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

हिपकोको अप्रेशनपछिको फलोअपका लागि भन्दै जापान पुगिन् देउवापत्नी आरजु राणा

काठमाडौं, जेठ ५ गते । कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी तथा सांसद आरजु राणा स्वास्थ्योपचारका लागि जापान पुगेकी छन् । उनी एक साताअगाडि जापान गएको निकट स्रोतले बतायो । आरजुलाई लामो समयदेखि हिपको ज्वाइन्टमा उत्पन्न समस्याले दुःख दिइरहेको छ ।

उनले २०७३ सालमा भारतको अस्पतालमा हिपको शल्यक्रिया गराएकी थिइन् । उक्त शल्यक्रिया राम्रो नभएपछि उनले २०७९ सालमा जापान पुगेर दोस्रोपटक शल्यक्रिया गराइन् । अहिले त्यसैको फलोअपका लागि गएको बुढानिलकण्ठ स्रोतको भनाइ छ ।

आरजुकी आमा डा. प्रतिभा राणा जापानका लागि नेपालको राजदूत थिइन् । आमा राजदूत भएका बेला नै आरजुले जापान पुगेर शल्यक्रिया गराएकी थिइन् । यसै वर्ष उनले भारतको अस्पतालमा थाइराइडको अपरेशन पनि गराएकी छन् । आरजु जापानबाट ४–५ दिनमा फर्किने स्रोतको दाबी छ । उनी गत वर्षको असारमा पनि स्वास्थ्य फलोअपका लागि भन्दै जापान गएकी थिइन् ।

 

प्रकाशित मिति : २०८१ जेष्ठ ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस