२०८१ असोज ६ गते आइतवार | 2024 September 22nd Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अभ्यासका लागि सन्दीप टियू ग्राउन्ड पुग्दा सेल्फी खिच्न होड

काठमाडौं, ४ जेठ गते । अदालतबाट सफाइ पाएपश्चात् पहिलो पटक क्रिकेटर सन्दीप लामिछाने हिजो अपराह्न नियमित अभ्यासका लागि टियू ग्राउन्ड पुगे । केही दिनदेखि उनी नियमित अभ्यासका लागि जाने गरे तापनि हिजोको माहोल निकै फरक थियो ।

अदालतमा फैसलाको पर्खाइमा रहेका बेला सन्दीप मानसिक रुपमा तनावग्रस्त थिए । त्यसैले अभ्यासमा जाँदा पनि उनी फ्यानहरूसँग त्यति घुलमिल हुँदैनथे ।

आफ्नो सुरमा अभ्यास गरेर फर्किन्थे । हिजो भने उनले फ्यानहरूसँग कुराकानी गरे । फोटो र सेल्फीहरु खिचाए । उनले ग्राउन्ड स्टाफहरूसँग पनि भेटेर भलाकुसारी गरेका थिए ।

सन्दीपसँग सेल्फी खिचाउन युवायुवतीहरुबीच तँछाडमछाड चलेको थियो । अहिले टियु ललितपुर मेयर कप महिला लिग क्रिकेट सञ्चालन भइरहेको छ । उक्त प्रतियोगिता खेल्न गएका महिला खेलाडीहरू पनि सन्दीपसँग सेल्फी खिच्न झुम्मिएका थिए । हिजो कोशी प्रदेश र ललितपुर मेयर ११ बीचको खेल थियो । सो खेल सकिएपछि खेलाडीहरूले सन्दीपसँग पालैपालो तस्बिर खिचेका थिए ।

प्रकाशित मिति : २०८१ जेष्ठ ४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस