२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

१ लाख ४० हजारको उच्च रेकर्ड राखेर ओर्लियो सुनको भाउ

Today Gold price in Nepal

काठमाडौं, जेठ ४ गते । अघिल्लो दिन सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ४० हजार रुपैयाँ पुगेकोमा सो मूल्य आज घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घट्दै १ लाख ३९ हजार ३ सय रुपैयाँमा झरेको हो ।

यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा ७ सय रुपैयाँले नै घट्दै १ लाख ३८ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

यता चाँदीको मूल्य भने आज तोलामा ५ रुपैयाँले मात्र घट्दै १ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ८ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २०८१ जेष्ठ ४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस