२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भारतको राजपरिवारमा बिहे गरेकी नेपाली राजकुमारीको निधन, अनेक छन् रोचक किस्सा

Madhvi Raje Scindia Last Rites

काठमाडौं, जेठ ४ गते । भारतका केन्द्रीय मन्त्री ज्योतिरादित्य सिन्धियाकी आमा राजमाता माधवी राजे सिन्धिया (नेपालकी तत्कालिन राजकुमारी किरण राजलक्ष्मी) अब यस धर्तीमा रहिनन् । उनी नेपालका तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शमसेरकी नातिनी हुन् । ७५ वर्षको उमेरमा बुधबार बिहान ९ः२८ बजे दिल्ली एम्समा उनले अन्तिम सास लिइन् ।

राजमाताको २ महिनादेखि उपचार भइरहेको थियो । दुई सातादेखि अवस्था नाजुक थियो । सिन्धिया परिवारकी महारानी माधवी राजे सिन्धियाको लामो समयदेखि बिरामी भएपछि दिल्लीमा निधन भएको हो । अन्तिम दर्शनका लागि दिल्लीस्थित सिन्धिया निवासमा राखिएपछि उनको बिहीबार ग्वालियरमा दाहसंस्कार गरिएको थियो। उनका छोरा ज्योतिरादित्य सिन्धियाले चितामा दागबत्ति दिए ।

राजमाताका श्रीमान माधवराव सिन्धियाले तस्विर हेरेर उनलाई मन पराएका थिए । उनी नेपालका तत्कालिन राजपरिवार (शाह वंशकी) राजकुमारी बिहे गर्न चाहान्थे । तर त्यो बेला शाह वंशको शक्ति खिचेर शाह वंश नाममात्रको राजा थियो । श्री ३ को रुपमा सबै सत्ताको बागडोर राणाहरुले लिएका थिए । यसैले खास राजपरिवार राणा भएकाले उनैका छोरीहरुलाई राजकुमारी मानेर विवाह गरियो ।

सिन्धिया परिवारपनि तत्कालिन भारतको राजपरिवार हो । अझै रोचक त यो छ की बिवाहपछि राजकुमारी किरण राजलक्ष्मीको नाम त्यहाँको राजपरिवारले माधवी राजे सिन्धिया राखिदियो । राजमाता माधवी राजे सिन्धियाको विवाह १९६६ मा माधव राव सिन्धियासँग दिल्लीमा भएको थियो । जहाँ देशका वरिष्ठ नेताहरू तथा अधिकांश शाही परिवारका मानिसहरू दुलहा र दुलहीलाई आशीर्वाद दिन आएका थिए।

राजकुमारी माधवी राजेको ग्वालियरमा रहेको भविष्यको घरमा पाइला चाल्ने समय आइसकेको थियो । जयविलास दरबार सहित पूरै ग्वालियरलाई बेहुलीलाई स्वागत गर्न दुलही जस्तै सजाइएको थियो। नेपाली राजकुमारी किरण राजलक्ष्मी (माधवी राजे सिन्धिया) को माधव राव सिन्धियासँग सन् १९६६ को मे महिनामा विवाह भएको थियो । सक्रिय राजनीतिबाट टाढा रहेकी राजमाता माधवी राजेले माधवराव सिन्धियाको मृत्युपछि सम्पूर्ण परिवारको हेरचाह गरेकी थिइन् । ग्वालियरका जनताले पनि माधवी राजेलाई धेरै माया र सम्मान गर्थे। उनले राज्यलाई दिएको योगदानको सम्मान गर्दै राजाको मृत्युपछि उनैको नाममा मिलाएर माधवी राजे राखिएको बताइन्छ ।

माधवी राजेको विवाहमा ग्वालियरको हरेक घरमा दीपावली जस्तो माहौल थियो । एकातिर मिठाई बनाइँदै थियो भने अर्कोतिर सिन्धिया महलको हरेक कुना–कुना सजाइँदै थियो । सिन्धिया दरबारको नाम जय विलास प्यालेस हो । जसलाई सिन्धिया वंशका शासक जयाजी राव सिन्धियाले सन् १८७४ मा बनाएका थिए। यो दरबारलाई फ्रान्सेली वास्तुकारहरूले राम्रो कारीगरी र नक्काशीले बनाएका थिए। जहाँ अझैपनि ४०० कोठा छन्।

ग्वालियर स्टेशन देखि दरबार सम्म पर्दा
राजमातालाई पूर्ण संस्कारका साथ ग्वालियर ल्याइएको थियो। स्टेसनदेखि दरबारसम्मको दुरी साढे दुई किलोमिटर अर्थात् करिब ८ मिनेटको यात्रा थियो । सारा ग्वालियर जनता आफ्नी बुहारीको एक झलक पाउन तयार र उत्सुक थिए। सबैजना या त दरबारको अगाडि वा स्टेशन नजिक वा स्टेशनबाट दरबार जाने बाटोमा लामो भीडमा उभिए। जताततै मानिसहरू ब्यान्ड र गीतको धुनमा नाचिरहेका थिए। नेपालकी राजकुमारी अर्थात् ग्वालियरकी महारानीको झलक निकै अनमोल थियो ।

महारानी माधवी राजे सिन्धियालाई न्यारो गेज ट्रेनबाट ल्याइएको थियो । स्टेशनबाट दरबारमा पर्दा ल्याइयो। न्यारो गेज ट्रेनले करिब ११५ वर्षको यात्रा पूरा गरिसकेको छ र यसलाई बनाउने श्रेय सिन्धिया परिवारलाई मात्रै दिइएको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ ४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस