२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

विपक्षी दलको रणनीतिक बैठकमा सत्तापक्षका माधव नेपाल आउँदैछन् !

काठमाडौँ । नेपाली कांग्रेसको अगुवाइमा आह्वान भएको विपक्षी दलको बैठकमा सत्तारुढ दल नेकपा एकीकृत समाजवादी पार्टीलाई पनि बोलावट भएको छ । कांग्रेस संसदीय दलको बैठकपछि संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई पनि बैठकमा बोलाइएको बताए । नेपालको पार्टीले समेत सहकारी ठगीको विषयमा संसदीय छानबिनको माग गर्दै आएको छ ।

तर, निम्ता गरिएपनि नेपाल बैठकमा सहभागी हुने–नहुने भने निश्चित भइसकेको छैन । बैठक केहीबेरमा सिंहदबारमा बस्दैछ । लेखकका अनुसार बैठकमा राप्रपा, उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल, लोसपा, जनमोर्चा लगायतका दललाई बोलाइएको छ। बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, संसद्मा बिहीबार भएको घटना र सहकारी ठगीमा संसदीय छानबिनलगायतका विषयमा छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ ४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस