२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

गुल्मीमा बाढीले पुल निर्माणका सामग्रीमा क्षति

४ जेठ, गुल्मी । गुल्मीमा बिहीबार भएको वर्षाले पनाहा खोलामा बाढी आउँदा बर्बोट भनभने–पुर्कोट सडकखण्डमा काम गर्ने निर्माण व्यवसायीका सामग्रीमा क्षति पुर्‍याएको छ । बाढीले सडक विस्तारका क्रममा प्रयोग भएका एसी कन्ट्रकसन प्रालिका २ वटा टिपर, २ वटा इस्काभेटरलगायत साधन बगाएको हो ।

त्यस्तै गएराति भारी वर्षासँगै आएको बाढीले पुल निर्माणको सामानहमा पनि क्षति पुर्‍याको छ । धुर्कोट गाउँपालिका–१ र ४ जोड्ने पनाहा खोला ठुल्दी भन्ने ठाँउमा निर्माणाधीन पुलका सामानहरु बाढीले बगाएर क्षति पुर्‍याएको निर्माण व्यवसायीले बताएका छन् । उक्त स्थानमा अन्जना श्रेष्ठ जेभी कन्ट्रक्सन तम्घासले निर्माण गर्दै आएको थियो ।

बाढीले सामग्री बगाएको प्रहरी चौकी धुर्कोटमा खबर प्राप्त हुनासाथ प्रहरी सहायक निरीक्षक बच्छराज यादवको कमाण्डमा २ जनाको टोली खटिएको थियो । प्रहरीले सामग्रीमा क्षति पुगेरनपुगेको बारे विस्तृत अध्ययन गरिरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक शंकर पोखरेलले बताए ।

प्रकाशित मिति : २०८१ जेष्ठ ४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस