२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

लागुऔषध ओसार पसारमा संलग्न २ जनालाई पिडुँलामा गोली प्रहार गरेर पक्राउ

सुनसरी, जेष्ठ ०४ गते । सुनसरीको रामधुनी नगरपालिका–६ ईचौल स्थितबाट लागुऔषध ओसार पसारमा संलग्न रहेका २ जनालाई गोली प्रहार गरी प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएको छ ।

२०८१ जेष्ठ ३ गते साँझ लागुऔषध ब्राउनसुगरको ओसार पसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाडौं र इलाका प्रहरी कार्यालय पकली सुनसरीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले रामधुनी–६ स्थितमा शंकास्पद अवस्थामा रहेका सप्तकोशी नगरपालिका–५ सप्तरीका ३५ वर्षीय श्याम सुन्दर खंग र ईटहरी उप–महानगरपालिका–५ सुनसरीका ४० वर्षीय श्याम प्रसाद निरौलालाई चेक जाँच गर्दा प्रहरी माथि नै आक्रमण गरेका थिए ।

निजहरूले प्रहरी माथि नै आक्रमण गरे पश्चात प्रहरीले प्रतिकार स्वरुप १ राउण्ड गोली प्रहार गर्दा खंगको पिडुँलामा लागि घाईते भएको र संलग्न दुवै जनालाई २१० ग्राम ७३० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित प्रहरीले नियन्त्रणमा लिएको कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगरले जानकारी दिएको छ ।

गोली लागि घाईते भएका खंगको सान्वी सिटी अस्पताल लविपुरमा प्रहरीको निगरानीमा उपचार भई रहेको छ भने घटनाका सम्वन्धमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको बताइएको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ ४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस