२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मन्त्रिपरिषदबाट विभिन्न निर्णय : दुई सहसचिव सचिवमा बढुवा, शर्मा र खड्का अध्यक्षमा नियुक्त

काठमाडौं, जेठ ३ गते । सरकारले दुई जना सहसचिवलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । २०८१ जेठ ३ गते विहीबार बसेको मन्त्रिपरिषद् बैठकले लोकनाथ पौड्याल र राजेन्द्र प्रसाद मिश्रलाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन ।

‘नेपाल प्रशासन सेवा अन्तरगत राजपत्रांकित विशेष श्रेणीको पदमा लोकनाथ पौडयललाई बढुवा गर्ने निर्णय भएको छ । नेपाल कृषि वन सेवा समूह अन्तरगतको राजपत्रांकित विशेष श्रेणीको पदमा राजेन्द्र प्रसाद मिश्रलाई बढुवा गर्ने निर्ण भएको छ,’ उनले भनिन ।

यस्तै, उनले प्राध्यपक डा.लेखनाथ शर्मा र संगीता खड्का काफ्लेलाई दुई निकायको अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय भएको बताइन् । उनले भनिन्, ‘नीति अनुसन्धान प्रतिष्ठान विकास समितिको कार्यकारी अध्यक्षमा प्राध्यपक डा.लेखनाथ शर्मालाई नियुक्ति गर्ने, न्यूनतम पारिश्रमिक निर्धारण समितिको रिक्त अध्यक्ष पदमा संगिता खड्का काफ्लेलाई नियुक्ति गर्ने निर्णय भएको छ ।’

यसको साथै, अर्थ मन्त्रालयको तर्फबाट जलवायु परिवर्तन अनुकूलन कार्यक्रम कार्यान्वयनको लागि फिनल्याण्ड सरकारबाट प्राप्त हुने १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि भएको छ ।

 

प्रकाशित मिति : २०८१ जेष्ठ ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस