२०८१ कार्तिक २ गते शुक्रवार | 2024 October 18th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

प्रधानमन्त्रीले अर्को उथलपुथलको कदम चाले, कांग्रेसले के गर्छ ?

latest political news of nepal

काठमाडौं, जेठ ३ गते । अहिलेको सत्ता गठबन्धन जसरीपनि ढाल्ने दिवा सपना देखिरहेको नेपाली कांग्रेसलाई झट्का लागेको छ । मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक जारी रहँदा कांग्रेसको पुच्छर छोडेर लोसपाका नेताहरू सिंहदरबार पुगेका छन् । उपेन्द्र यादव नेतृत्वको जसपा फुटेपछि सत्ता बाहिरिए लगत्तै महन्थ ठाकुर नेतृत्वको लोसपाले स्थान पाएको छ । अध्यक्ष ठाकुर र वरिष्ठ नेता शरदसिंह भण्डारी सिंहदरबार पुगेका छन् ।

नेताहरूलाई प्रधानमन्त्रीले बोलाएकाले सिंहदरबार गएको लोसपा उपाध्यक्ष जितेन्द्र सोनालले जानकारी दिए । मन्त्रिपरिषद् बैठक लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोसपा नेताहरूसँग छलफल गर्ने तयारी गरेको बुझिएको छ ।

उनीहरुलाई सत्तामा सहभागी गराउन प्रधानमन्त्री तयार छन् । बदलिएको राजनीतिक समीकरणमा मधेस प्रदेश सरकारमा मिलेर जानका लागि प्रधानमन्त्रीले प्रस्ताव गर्ने बुझिएको छ । त्यसका लागि केन्द्रीय सरकारमापनि स्थान दिने प्रधानमन्त्रीको सोच छ ।

समीकरण बदलिएपछि कांग्रेसले रास्वपा सभापति रवि लामिछानेलाई अप्ठ्यारोमा पारेर र उपेन्द्र यादव र माधवकुमार नेपाललाई साथमा लिएर सत्ता फेर्ने दाउपेच तयार गरिरहेको छ । लोसपा फकाउन उपेन्द्रले अनेक प्रयास गरिरहेका छन् । तर त्यसलाई निस्तेज गर्न प्रधानमन्त्री अर्को रणनीतिमा अघि बढिसकेका छन् ।

 

 

प्रकाशित मिति : २०८१ जेष्ठ ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस