२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सुदूरपश्चिम मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने एमाले र माओवादीको निर्णय

३ जेठ, धनगढी । नेकपा माओवादी केन्द्रले सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिने निर्णय गरेको छ । यसअघि नै नेकपा (एमाले) लेपनि विश्वासको मत दिने निर्णय गरिसकेको छ । दुबै दलले प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने निर्णय गर्दै ह्विप समेत जारी गरेका छन् ।

माओवादीबाट प्रदेशसभा सदस्य निर्वाचित ओमविक्रम भाटले मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय भएको जानकारी दिए ।

बैठकले यसअघि संसदीय दलको नेताबाट हटाइएका खगराज भट्टलाई संसदीय दलको पहिलो वरियतामा राख्ने निर्णय समेत गरेको छ । बहुमत प्रदेशसभा सदस्यले भट्टलाई दल नेताबाट हटाउँदै मानबहादुर धामीलाई चयन गरेका थिए । मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदैछन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने, मुख्यमन्त्रीको नियुक्ति असंवैधानिक भएको भन्दै प्रदेशसभाको बैठक बहिष्कार गर्ने भएको छ ।

 

प्रकाशित मिति : २०८१ जेष्ठ ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस