२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

गुजरातलाई वर्षाले दियो धोका, सनराइजर्स हैदरावाद प्लेअफमा

SRH vs GT Highlights

काठमाडौं । आईपीएल २०२४ को ६६ औं खेल वर्षाका कारण रद्द भएको छ । सनराइजर्सले हैदराबादमा गुजरातको सामना गर्ने तालिका थियो। तर, टसअघि नै पानी पर्न थालेपछि टस हुन सकेन । साढे ७ बजे केही बेर वर्षा रोकिएपछि खेल आधा घण्टा ढिलो गरी सुरु हुने देखिएको थियो ।

टसको समय ८ बजे र खेल ८ः१५ मा सुरु हुने तय गरिएको थियो । तर ८ बजेर पाँच मिनेटमा फेरि भारी वर्षा सुरु भयो । पाँच ओभरको खेलका लागि १०ः३० को कट अफ टाइम थियो। तर, आउटफिल्ड एकदम भिजेको र जमिनको धेरै भागमा पानी जमेको थियो। यस्तो अवस्थामा अम्पायरहरूले मैदानका कर्मचारीसँग कुरा गरेर खेल रद्द गर्ने निर्णय गरेका थिए ।

यो सिजनमा वर्षाले अवरुद्ध भएको तेस्रो खेल हो । यसअघि कोलकाता र मुम्बईबीचको खेल पनि वर्षाले प्रभावित भएको थियो । दुई घण्टा १५ मिनेट ढिलो सुरु भएको खेल १६–१६ ओभरको थियो । त्यस्तै, गुजरातको कोलकातासँगको अघिल्लो खेल वर्षाका कारण रद्द भएको थियो । हैदरावाद–गुजरातको खेल वर्षाका कारण रद्द भएको दोस्रो खेल हो ।

वर्षाका कारण सनराइजर्स हैदरावादको टोली प्लेअफमा पुगेको छ । यो खेल रद्द भएपछि हैदरावाद र गुजरातलाई एक–एक अंक दिइएको छ । हैदरावादको अब १३ खेलबाट १५ अंक छ । टोली अंक तालिकाको तेस्रो स्थानमा पुगेको छ । चेन्नई सुपर किंग्स बाहेक बाँकी अन्य कुनै टोलीले १५ वा सोभन्दा बढी अंक जोड्न सकेनन्। यो अवस्थामा सनराइजर्स प्लेअफमा पुग्यो ।

चेन्नईको १३ खेलपछि १४ अंक छ । टोलीले मे १८ मा बेंगलुरुसँग खेल्ने छ । बेङ्लुरुको १२ अंक छ। योसँगै अहिले दिल्लीको टोली प्लेअफको दौडबाट बाहिरिएको छ । लखनउको पनि नेगेटिभ नेट रन रेट छ र यसलाई कभर गर्न गाह्रो हुनेछ। उही समयमा, चेन्नई र बेंगलुरु बीचको खेल भर्चुअल नकआउट हुनेछ।

प्रकाशित मिति : २०८१ जेष्ठ ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस