२०८१ असोज ६ गते आइतवार | 2024 September 22nd Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

विश्वकपमा नेपालले कुन दिन कोसँग खेल्दैछ ? – जानौं

Nepali Cricket team

काठमाडौं, जेठ ३ गते । आगामी जुन २ बाट सुरु हुने विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ। तालिका अनुसार नेपालले आफ्नो पहिलो खेल ४ जुनमा खेल्ने छ। सन् २०१४ पछि पहिलो पटक विश्वकप खेल्न लागेको नेपालले आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ। नेपाल र नेदरल्यान्ड्सबीचको खेल अमेरिकाको डल्लासस्थित ग्रान्ड प्रेयर क्रिकेट स्टेडियममा राति ९ः१५ बजेबाट सुरु हुनेछ।

यस्तै नेपालले आफ्नो दोस्रो खेलमा श्रीलङ्कासँग जुन १२ मा खेल्ने छ भने तेस्रो खेल दक्षिण अफ्रिकासँग १५ जुनमा र चौथो खेल बङ्गलादेशसँग १७ जुनमा प्रतिस्पर्धा गर्नेछ।

अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुन लागेको सन् २०२४ को आईसीसी ट्वान्टी– २० विश्वकपको नेपाल समूह ‘डी’ मा रहेको छ। नेपालसँगै यस समूहमा नेदरल्यान्ड्स, दक्षिण अफ्रिका, श्रीलङ्का र बङ्गलादेश रहेका छन्। रोहित कुमार पौडेलको कप्तानीमा नेपाली टोली यसअघि नै वेस्ट इन्डिज हुँदै अमेरिकाका लागि प्रस्थान गरिसकेको छ।

अभियोगबाट सफाइ पाएसँगै सन्दीप लामिछानेपनि त्यतातर्फ जाने तयारीमा छन् । गुमेको कप्तानीसहित उनी मैदानमा उत्रिने सम्भावना उच्च छ ।

 

प्रकाशित मिति : २०८१ जेष्ठ ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस