२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

‘जोसँग बिहे गर्छेस् त्यहीसँग मात्र सेक्स गर’ भन्ने कुरा अस्वीकार गरौं -जय नारी

काठमाडौं, जेठ ३ गते । जय नारी उपनामले परिचित सामाजिक अभियान्ता सावित्री महिलाहरुको विषयमा आवाज उठाउँछिन् । खासगरी बलात्कार पीडितहरुको पक्षमा उनी खरो रुपमा उभिन्छिन् । बलात्कारीलाई मृत्युदण्ड नै दिनुपर्ने कानून नेपालमापनि ल्याउनुपर्छ भन्ने जोड उनको समूहको छ ।

महिला पितृसत्ताको दमनमा विगतदेखि परेको र अहिलेपनि कायम रहेकाले त्यसलाई भत्काउन आन्दोन जारी रहेको उनले अभिव्यक्ति दिन्छिन् । यौनका बारेमापनि उनी खुलेर कुरा गर्छिन् ।

हालै उनले अभिनेत्री नम्रता सापकोटासँग कुराकानी गरेकी छिन् । उक्त कुराकानीमा उनले बिवाह, शारीरिक सम्बन्ध र प्रेम भनेको फरक–फरक कुरा भएको धारणा राखिन् । उनले हाम्रो समाजले चै, त उमेर भएको केटी भइस् । तैले ‘जोसँग बिहे गर्छेस् त्यहीसँग मात्र सेक्स गर’ भन्छ । म चै त्यसलाई नो भन्छु के ।

किनभने, सेक्स भनेको शारिरीक, मानसिक भोक हो के । प्रेम भनेको चै, प्रेमको चै लिंग हुँदैन । प्रेम चै मेरो तपाईसँगपनि हुन्छ क्यो । उनले थप भनिन् प्रेम चै तपाइलाई जोसँग बस्दा आनन्द हुन्छ । त्यसैसँग हुन्छ । बिवाह भनेको चै महिला र पुरुषबीच हुने हो । त्यसकारण सेक्स जस्तो पवित्र कुरालाई बिवाहको ढुंग्रोमा हालेर नबजाऊँ भन्छु म ।

प्रकाशित मिति : २०८१ जेष्ठ ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस