२०८१ असोज ७ गते सोमवार | 2024 September 23rd Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

श्रीमती भण्डारी र अध्यक्ष ओलीसहितका नेताले पुष्पगुच्छा चढाएर मदन–आश्रितको स्मरण

काठमाडौं । नेकपा (एमाले) ले आज नेपाली कम्युनिस्ट आन्दोलनका अग्रज नेताद्वय मदन भण्डारी र जीवराज आश्रित स्मृति दिवस मनानाइरहेको छ । स्मृति दिवसमा बिहानै एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताले पुरानो पार्टी कार्यालय बल्खुमा रहेको शालिकमा माल्यार्पण गरे । अध्यक्ष ओलीसँगै मदन भण्डारीकी श्रीमती समेत रहेकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलगायतका शीर्ष नेताहरुले नेताद्वयको शालिकमा पुष्पगुच्छा चढाएर श्रद्दा सुमन व्यक्त गरे ।

जननेता भण्डारीलाई नेपाल कम्युनिस्ट आन्दोलनका नवीन विचारक र सिद्धान्तकारका रूपमा चित्रण गरिन्छ ।

जननेता भण्डारीको आजभन्दा ३१ वर्षअघि अर्थात् वि.सं. २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा रहस्यमय दुर्घटनामा निधन भएको थियो । निधन भएको तीन दिनपछि दुर्घटनास्थलभन्दा केही तल उनको शव भेटिएको थियो ।

आश्रितको शव गाडीमै फेलापरेको थियो । घटनाको छानबिनका लागि धेरै आयोगहरू बने पनि अहिलेसम्म वास्तविकता बाहिर आएको छैन । भण्डारीले नेपालमा जनताको बहुदलीय जनवादको सिद्धान्त प्रतिपादन गरेका थिए । जुन सिद्धान्त एमालेले अहिलेपनि अंगिकार गरेको छ । यही सिद्धान्तले एमाले जनताको पहिलो रोजाइको पार्टी बनेको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस