२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सन्दीप लामिछानेलाई सफाइ दिँदा उच्च अदालतले टेकेका यी दुई आधार

Cricketer Sandeep Lamichhane-

काठमाडौं, जेठ २ गते । क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा उच्च अदालतबाट सफाइ पाएका छन् । जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै अदालतले उनलाई निर्दोष ठहर गरेको हो । उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले उनलाई सफाइ दिनुपछाडि २ आधार टेकेका छन् ।

जसमा गौशाला २६ नाबालिक भन्ने दाबी प्रमाणित नभएको पहिलो आधार लिइएको छ । त्यस्तै जबरजस्ती करणी गरेको सबुत प्रमाणले पुष्टि नगरेको पनि इजलासको ठहर छ । बलात्कार भएको भनिएकी पीडित होटलबाट अत्यन्तै खुशी हुँदै बाहिरिएको र होटलमा जाँदापनि अभियुक्त बनाइएका व्यक्तिभन्दा पहिला नै होटलमा प्रवेश गरेको देखिनुले भित्र बलात्कार भएको थियो भन्न नसकिने निश्कर्षमा न्यायाधीशहरु पुगेका थिए । अरु धेरै दाबीहरुपनि एक अर्का प्रमाणमा नमिलेको देखिएको छ ।

गौशाला २६ ले हालेको मुद्दामा जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएको थियो । उक्त फैसला उल्टाउन माग गर्दै सन्दीपले उच्चमा पुनरावेदन गरेका थिए । उच्चको यो फैसलासँगै सन्दीप फेरि क्रिकेटमा फर्किन योग्य भएका छन् । जिल्ला अदालतले दोषी ठहर्‍याएपछि नेपाल क्रिकेट संघले उनलाई निलम्बनमा राखेको थियो । उच्चको फैसलापछि क्यानले निलम्बन तत्काल फुकुवा गरेर टी-२० विश्वकपमा खेलाउने बाटो खुलेको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ २ गते बुधवार
प्रतिक्रिया दिनुहोस