२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बलात्कार मुद्दामा सन्दीप लामिछानेलाई सफाई दिने उच्चको फैसला, हर्षले नेपाल धर्ती चुमिरहे

काठमाडौं, जेठ २ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध लागेको बलात्कार मुद्दामा सफाई दिने उच्च अदालतले आदेश दिएको छ । दुई दिनसम्म चलेको सुनुवाईको क्रममा वकिलहरुको बहस सुनिसकेपछि न्यायाधीशद्वय सुर्दशनदेव भट्ट र अञ्जु उप्रेती ढकालले बलात्कार भएको भनिएको होटलको सीसीटीभी फुटेज हेरेका थिए ।

त्यसपछि उनीहरुले सन्दीपले बलात्कार नगरेको ठहर गरेका हुन् । उनीहरुले जिल्ला अदालत काठमाडौंको फैसला त्रुटीपूर्ण रहेको ठहर गर्दै खारेज गरिदिए । फैसला आएपछि सन्दीपले नेपाल धर्तीलाई चुमिरहे । त्यो दृष्य देख्दा वरिपरिका सबैले हर्षका आँशु नै बगाए ।

गौशाला २६ (परिवर्तित नाम) ले हालेको मुद्दामा जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएको थियो । उक्त फैसला उल्टाउन माग गर्दै सन्दीपले उच्चमा पुनरावेदन गरेका थिए । हिजो र आज दिनभरि दुवै पक्षको बहस सुनेपश्चात उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले सन्दीपलाई निर्दोष ठहर गर्‍यो ।

उच्च अदालतको फैसलापछि सन्दीप फेरि क्रिकेटमा फर्किन योग्य भएका छन् । जिल्ला अदालतले दोषी ठहर्‍याएपछि नेपाल क्रिकेट संघले उनलाई निलम्बनमा राखेको थियो । उच्चको फैसलापछि क्यानले निलम्बन तत्काल फुकुवा गरेर टी-२० विश्वकपमा खेलाउने बाटो खुलेको छ ।
 

प्रकाशित मिति : २०८१ जेष्ठ २ गते बुधवार
प्रतिक्रिया दिनुहोस