२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

रविलाई लिएर प्रचण्डसँग कुरा गर्न सिंहदरबार पुगे ओली

काठमाडौं । संसदीय दलको बैठक डाकेर अब संसदमा प्रत्येक सांसद बहस गर्न सक्ने भएर आउन निर्देशन दिएर निस्किएका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली अहिले प्रधानमन्त्रीको कार्यालय पुगेका छन् ।

कांग्रेसको बकबास अब सुन्नै नसक्ने, रवि लामिछानेले संसदमा बोल्न पाउनुपर्ने, उनले नपाए अब एमालेले बोल्ने कुरा आफ्ना सांसदलाई सम्झाएर उनी लामिछानेसहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भेट्न पुगेका हुन् । उनीहरुबीच अहिले संसदमा कांग्रेसको जारी अवरोधको निकास खोज्ने विकल्पका बारेमा छलफल भइरहेको छ । छलफलमा जसपाका नेता पनि बोलाइएको छ ।

सिंहदरबारमा जारी छलफलमा नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग राखेर गरिरहेको विरोध र गठबन्धनको भावी कदमका बारेमा छलफल भएको बताइएको छ । त्यस्तै सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रममाथिको छलफलको बाटो खुलाउने र आगामी बजेटबारे पनि कुराकानी हुने बताइएको छ । कांग्रेसले हिजो राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिएपनि सदनको कार्यसूची अघि बढाउन दिएको छैन । आज सत्तापक्ष कांग्रेसलाई पेलेर अघि बढ्ने वा केही लचिलो बन्ने भन्ने बारेमा निर्णय लिँदैछ ।

प्रकाशित मिति : २०८१ जेष्ठ २ गते बुधवार
प्रतिक्रिया दिनुहोस