२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

काभ्रेमा रुखमा तारले बाँधेर जलाएको अवस्थामा भेटिएको शवको सनाखत

Identification of body found burnt with string tied to tree in Kavre

काठमाडौं । काभ्रेको पाँचखाल नगरपालिका–४ मा रुखमा बाँधेर जलाइएको अवस्थामा भेटिएको पुरुषको शवको सनाखत भएको छ । प्रहरीले बरामद गरेको शव १० दिनदेखि वेपत्ता भएका दोलखाको भीमेश्वर नगरपालिका २ राम्पाका बिष्णुप्रसाद सुवेदीको भएको खुलेको काभ्रेका डीएसपी राजकुमार श्रेष्ठले बताए ।

दोलखा सदरमुकाम चरिकोटमा व्यवसाय गर्दै आएका ५४ वर्षीय सुवेदी २३ वैशाखमा ललितपुरको टिकाथलीस्थित घरबाट हिँडेदेखि सम्पर्कविहीन भएका थिए । उनको शव २८ वैशाखमा पाँचखाल नगरपालिका–४, जिरो किलो नजिकै जलेको अवस्थामा फेला परेको थियो ।

प्रारम्भिक अनुसन्धान अनुसार, उनको हत्यापछि रुखमा तारले बाँधेर जलाएको हुनसक्ने आशंका गरिएको थियो । तर, काभ्रे प्रहरीले भने उनको हत्या भएको हो वा होइन भन्नेबारे अनुसन्धान भइरहेको जनाएको छ । मोबाइल समेत घरमै छाडेर निस्किएका सुवेदीले अन्तिम पटक २४ वैशाखमा जिरोकिलोस्थित एक होटल सञ्चालकको मोबाइल नम्बरबाट घरमा सम्पर्क गरेर केहीदिन घर नफर्किने बताएका थिए । त्यसपछि सम्पर्कविहीन भएका उनी व्यापक खोजतलास गर्दा पनि फेला पर्न सकेका थिएनन् ।

प्रकाशित मिति : २०८१ जेष्ठ २ गते बुधवार
प्रतिक्रिया दिनुहोस