२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आजपनि अहिलेसम्मको समय गौशाला २६ पक्षले लियो, अब सन्दीप पक्षको जवाफी बहसपछि फैसला

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा गौशाला २६ पक्षको बहस सकिएको छ । खाजा समयपछि सन्दीप पक्षका दुई वकिलहरूले जवाफी बहस गर्नेछन् । हिजोबाट सुरू भएको सुनुवाइलाई आज निरन्तरता दिइएको हो । हिजो गौशाला २६ का निजी वकिलहरूले बहस गर्दागर्दै नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो । आज ११ बाट बहस सुरू भयो । दुवै पक्षलाई डेढ घन्टा समय दिइएको थियो । त्यसअनुसार गौशाला २६ का वकिलहरूले खाजा समय अगाडि बहस सकेका छन् ।

अहिले सन्दीप पक्षलाई ५० मिनेटभित्र बहस सक्न भनिएको छ । सन्दीपका प्रमुख वकिल सरोज घिमिरे र सविता भण्डारीले जवाफी बहस गर्नेछन् । त्यसपछि बहस टुंगिनेछ र फैसलाको प्रक्रियामा जानेछ । न्यायाधीशहरूले आजै फैसला सुनाउने तयारी छ । खाजा समय (१ः३० देखि २ः३०) मा इजालस ब्रेक रहेको छ । २ः३० पछि सन्दीपका वकिलहरूले बहस थालेका छन् ।

प्रकाशित मिति : २०८१ जेष्ठ २ गते बुधवार
प्रतिक्रिया दिनुहोस