१ जेठ, काठमाडौं । सरकारले ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८१/८२ का लागि सरकारको नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले उक्त कार्यक्रम प्रस्तुत गरेका हुन् ।
महिलालाई आर्थिक रूपमा सक्षम र सबल बनाउन सो कार्यक्रम सञ्चालन गर्न लागेको सरकारले जनाएको छ । कार्यक्रम वाचन गर्दा संसद्मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हेर्दै हाँसोको फोहोरा छुटेको थियो । राष्ट्रपतिलेपनि दोहोर्याएर पढेका थिए ।
सरकारले बालबालिकामाथिको दुर्व्यवहार, महिला हिंसा, मानव बेचविखन तथा बलात्कार, दाइजो, छाउपडीजस्ता सामाजिक विकृति, अपराध र शोषण अन्त्य गरिने घोषणा पनि गरेको छ । दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको हवाई उद्धार कार्यलाई प्रदेशसँगको समन्वयमा विस्तार गर्नेसमेत सरकारले घोषणा गरेको छ ।