काठमाडौं । नाटकीय पुनरागमन रच्दै एस्टन भिल्लाले सोमबार इंग्लिस प्रिमियर लिगमा लिभरपुललाई ३–३ को बराबरीमा रोकेको छ । बराबरीमा प्राप्त एक अंकले भिल्लाको चौथो स्थानमा लिग टुग्याउने सम्भावना अझ बलियो बनेका छ ।
खेल सकिन पाँच मिनेट बाँकी छँदासम्म लिभरपुल ३–१ ले अगाडि थियो । तर जो डुरानले तीन मिनेटको अन्तरमा दुई गोल गरे । यो नतिजापछि भिल्ला ६८ अंकमा चौथोमा रह्यो र यो पाँचौंमा रहेको टोटनहमसँग पाँच अंकको दूरी हो ।
लिभरपुल भने ७९ अंकमा चौथोमा छ । मंगलबार राति टोटनहमले म्यानचेस्टर सिटीको आथित्य गर्दैछ र त्यस खेलको नतिजाले शीर्ष चारमा को कसरी रहने हो, त्यो निर्धारण गर्न सक्नेछ ।