२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सन्दीप लामिछानेको मुद्दामा उच्च अदालत पाटनको इजलासमा भइरहेको अपडेट

Cricketer Sandeep Lamichhane-

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा उच्च अदालत पाटनमा बहस जारी छ । उक्त मुद्दाको न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको संयुक्त इजलासमा सुनुवाइ तोकिएको थियो । सन्दीपको मुद्दालाई सर्वोच्चले नै अग्राधिकार दिएकाले एक नम्बर पालोमा राखिएको छ ।

सरकारी पक्षका दुई जना वकिलले बहस गरिसकेका छन् । त्यसपछि सन्दीपको तर्फबाट वरिष्ठ अधिवक्ता कृष्ण सापकोटा, मुरारी सापकोटा र शम्भु थापाले पनि बहस सकाएका छन् ।

अहिले वरिष्ठ अधिवक्ता रामनारायण बिडारी र सविता भण्डारीको बहस सकिन लागेको छ । सन्दीप पक्षको बहस सकिएपछि सरकारी वकिलले छोटो जवाफी बहस गर्ने त्यसपछि न्यायाधीशले फैसला सुनाउने बताइएको छ । स्रोतका अनुसार आजै फैसला आउन सक्ने सम्भावना धेरै छ । यदि जवाफी बहस नसकिए मुद्दालाई हेर्दा हेर्दैमा राखेर भोलि यही इजलासमा सुनुवाइ हुनेछ ।

प्रकाशित मिति : २०८१ जेष्ठ १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस