२०८१ मङ्सिर ७ गते शुक्रवार | 2024 November 22nd Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अदालती समयपछि पनि सन्दीपको मुद्दाको प्रक्रिया जारी, आजै टुंग्याउने

काठमाडौं, जेठ १ गते । उच्च अदालत पाटनमा नेपाली क्रिकेट टीमका पूर्व कप्तान सन्दीप लामिछानेको मुद्दामा भइरहेको बहसलाई अदालती समयपछि पनि न्यायाधीशले निरन्तरता दिएका छन् । बहस टुंग्याएर आजै फैसला गर्ने तयारी रहेको अदालत स्रोतको दाबी छ ।

सामान्यतया अदालतको समय ५ बजेसम्म हो । ६ नै बज्न लागेको छ । ५ बजेसम्म बहस नसकिएको अवस्थामा न्यायाधीशले मुद्दालाई हेर्दाहेर्दैमा राख्ने चलन थियो । तर, न्यायाधीशले चाहेमा समय लम्ब्याएर फैसला सुनाउन पनि सक्छन् । सन्दीपको मुद्दा सकेसम्म हेर्दाहेर्दैमा नराख्ने रणनीति रहेको बुझिएको छ ।

सन्दीपको मुद्दाको आज पहिलो नम्बरमै पालो थियो र बिहानैबाट बहस सुरु भएको थियो । यो इजलासमा आज ८ वटा मुद्दा थिए । अरु सबै मुद्दालाई हेर्न नभ्याइनेमा राखेर सबै समय यही मुद्दामा दिइएको छ । अहिलेसम्म सन्दीपको पक्षबाट ५ वकिलहरूले बहस गरिसकेका छन् ।

यसैगरी गौशाला २६ को तर्फबाट २ सरकारी वकिलले बहस सकेका छन् । अहिले गौशालाका निजी वकिलहरूको बहस चलिरहेको छ । ६ को तर्फबाट शशी अधिकारी, आश्मा आचार्य, लेखनाथ भट्टराई र नारायण चौंलागाईले बहस गरिरहेका छन् । जिल्ला अदालत पाटनले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएको थियो । त्यस विरुद्ध सन्दीपले गरेको पुनरावेदनमा सुनवाइ भइरहेको हो । कथंकदाचित आज बहस नसकिएमा मुद्दालाई हेर्दाहेर्दैमा राखेर भोली फेरि बहसलाई निरन्तरता दिनुपर्ने हुन्छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस