२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

काठमाडौंको सडकमा निधारमा दुई इन्च काटिएको अवस्थामा मृत भेटिएका युवाको पहिचान खुल्यो

१ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिका-४ सुकेधारामा भेटिएको शवको पहिचान खुलेको छ । मृतक खोटाङको हलेसी तुवाचुङ नगरपालिका-७ घर भएका ४४ वर्षीय भीषण गिरी रहेको खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।

सुकेधारा चोकको रोयल मार्बल नजिकैकको सडकको नालामा उनी मृत अवस्थामा मंगलबार बिहान भेटिएका थिए । नालामा घोप्टो परेको अवस्थामा शव भेटिएको थियो । गिरीका आफन्त समेत प्रहरीको सम्पर्कमा पुगिसकेका छन् ।

उनको मृत्युको कारण खुलिसकेको छैन । घटनास्थल मुचुल्काको काम सकेर शव पोष्ट मार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ । गिरीको निधारमा दुई इन्च लामो खत समेत भेटिएको छ ।

 

 

प्रकाशित मिति : २०८१ जेष्ठ १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस