२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपाल आइडलमा पोखराका सुनिल विश्वकर्मा उत्कृष्ट ९ मा

पोखरा । नेपालको पहिलो अन्तराष्ट्रिय फ्रेन्चाइज गायन रियालीटी सो नेपाल आइडलको पाँचौ संस्करणमा कास्कीका सुनिल विश्वकर्मा उत्कृष्ट ९ जनामा पर्न सफल भएका छन् ।

पामे पोखराका सुनिल विकले उत्कृष्ट ९ मा छनोट भएपछि अब टप ८ का लागि प्रतिस्पर्धा गदैँ छन् । नेपाल आइडलको अडिसन राउण्ड देखी उत्कृष्ट रहेका विकले गत एपीसोडमा सुन साईली गीत गाएर देश विदेशमा रहने सम्पूर्ण नेपालीको ध्यान तान्न सफल भएका छन ।

उनलाई उत्कृष्ट ८ भित्र पार्न भोटिङ खुल्ला गरिएको छ । बुधबार बिहान १० बजेसम्म भोट गर्न सकिन्छ, भोटिङका लागि मोबाइलको म्यासेज बक्समा गई १६ लेखेर ३७००० मा पठाउन सकिनेछ । नेपालबाट प्रभु पे, ईसेवा र विदेशबाट मोमो एप डाउनलोड गरेर पनि भोट गर्न सकिन्छ ।

सुनिलले हालसम्म अडिसन सहित १२ प्रस्तुतीमा निर्णायकको भूमिकामा रहेका न्यू बज्रचार्य, इन्दिरा जोशी र कालिप्रसाद बास्कोटाले गायन क्षेत्रमा प्रचुर सम्भावना भएको बताउँछन् ।

सुनिल बुवाआमा र आफ्ना दाजु संजीवको सपना पुरा गर्न आफ्नो गायन क्षेत्रलाई समेत समय दिएको बताउँदै गायन क्षेत्रलाई थप उचाईमा पु¥याउने भन्दै निरन्तर मिहिनेत गरिरहेका छन् । १४ वर्षसम्म अनवरत संगीतमा लागेका सुनिलले सानोमा चाउचाउ बिस्कुटको आशमा गाउने गर्दथे । बिहानै रागको धुनमा तल्लीन हुने सुनिलले परिवारको जिम्मेवारी समेत लिएका छन् । उनको प्रस्तुती दर्शक श्रोताले मन पराएका छन् ।

प्रकाशित मिति : २०८१ जेष्ठ १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस