२०८१ मङ्सिर ८ गते शनिवार | 2024 November 23rd Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सन्दीप लामिछाने आफैं गाडी चलाएर हाँस्दै अदालतबाट बाहिरिए

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्वको मुद्दामा आज सुनुवाई नसकिएकाले हेर्दाहेर्दैमा राखिएको छ । आजका लागि सुनुवाई स्थगित भएपछि अदालतमा उपस्थित भएका लामिछाने आफैं गाडी चलाएर बाहिरिएका छन् ।

आफ्नो कार आफैंले चलाएर सन्दीप हसिलो अवस्थामा नै अदालतको गेटबाट बाहिरिएका थिए । उनी बाहिरिदा उनका समर्थकले नाराबाजी गरेका थिए । फ्यानहरुको शुभेच्छामा उनले मुस्कान दिएर प्रतिक्रिया दिए । उनको हाउभाउ हेर्दा उनी त्यति निरास देखिदैनन् ।

क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा, अब के हुन्छ ?

प्रकाशित मिति : २०८१ जेष्ठ १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस