२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

२७ वर्षीया श्रीमतीको हत्यापछि रानाले गरे आत्महत्या

Crime hatya

सल्यान । सल्यानको सिद्धकुमाख गाउँपालिका–४ सागिनेका ३१ वर्षीय केशव रानाले धारिलो हतियार प्रहार गरी २७ वर्षीया श्रीमती केवली रानाको हत्या गरेका छन् । श्रीमतीको हत्यापछि रानाले आत्महत्या गरेका छन् ।

सुत्ने कोठामा श्रीमतीको हत्या गरी घरदेखि नजिकै रहेको रुखमा झुन्डिएर रानाले आत्हत्या गरेको सल्यानका प्रहरी प्रमुख डीएसपी नवीन कार्कीले बताए । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । राना दम्पतीका ४ छोराछोरी रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस