२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

जीबी राई अब कतै भाग्न नसक्ने, राहदानी रद्द गर्न प्रहरीले पठायो पत्र

GB-Rabi cooperative fraud case

काठमाडौं । सुर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राई अब कतै भाग्न नपाउने भएका छन् । उनको राहदानी रद्द गर्न प्रहरीले पत्राचार गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले राहदानी विभागलाई पत्राचार गरेको हो ।

जीबी राईको नाममा जारी राहदानी रद्द गर्न पत्राचार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एकजना अधिकृतले बताए । उनले भने, ‘यहाँबाट राहदानी विभागमा लेखेर पठाइएको छ ।’

उनीविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन ‘इन्टरपोल’बाट डिफ्युजन र रेड नोटिश जारी भएको छ । १३ माघमा उनीविरुद्ध डिफ्युजन नोटिश जारी भएको थियो । डिफ्युजन नोटिसको आधारमा उनी मलेसियामा लोकेट भएका हुन् । सरकारले उनलाई पक्राउ गरेर पठाइदिन मलेसियन सरकारलाई कूटनीतिक नोट पनि पठाएको थियो । गृहमन्त्री रवि लामिछानेले त्यहाँका मन्त्रीसँग नै फोन वार्ता गरेर जीबीलाई पक्राउ गरेर नेपाल पठाइदिन आग्रह गरेका थिए ।

 

प्रकाशित मिति : २०८१ जेष्ठ १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस