काठमाडौँ, जेठ १ गते । नेपाली बजारमा सुनको मूल्य लगातार घट्दो क्रममा छ । सोमबार प्रतितोला ३ सय रुपैयाँले घटेको सुनको मूल्य मंगलबार प्रतितोला ७ सय रुपैयाँले घटेको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला १ लाख ३७ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाला सुन प्रतितोला १ लाख ३८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
मंगलबार तेजाबी सुन १ लाख ३७ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार तेजाबी सुन १ लाख ३७ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, मंगलबार प्रतितोला चाँदीको मूल्य १ हजार ७४० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार प्रतितोला चाँदीको मूल्य १ हजार ७१५ रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।