काठमाडौँ । विभिन्न समयमा गएका तीन वटा भूकम्पका कारण क्षतिग्रस्त संरचना पुनः निर्माणका लागि ६३ अर्ब ५८ करोड लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गरेको प्रारम्भिक क्षति मूल्याङ्कनमा झण्डै ५८ अर्बको क्षति भएको र त्यसको पुनः निर्माणका लागि साढे ६३ अर्बभन्दा बढी लाग्ने अनुमान गरिएको हो ।
प्राधिकरणका नीति, योजना तथा अनुगमन महाशाखाका अनुसार प्रारम्भिक रूपमा अध्ययन गरेर पुनः निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढाइसकिएको जानकारी दिएका छ ।