२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा, अब के हुन्छ ?

Cricketer Sandeep Lamichhane-

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आजका लागि सुनुवाई सकिएको छ । आज हेर्दाहेर्दैमा राखेर भोलिका लागि बोलाइएको छ । सम्भवतः भोलि अन्तिम फैसला आउनेछ ।

कानून व्यवसायीलाई सोही इजलासले भोलि आउन भनेको छ । आज जाहेरीकर्ता गौशाला २६ को तर्फबाट नीजि ४ वकिल र दुई सरकारी वकिलले बहस गरेका छन् । सुनुवाइको प्रारम्भमा दुई सरकारी वकिलले बहस गरेका थिए भने अन्तिम समयमा ४ निजी वकिलले बहस गरे । गौशाला २६ को पक्षबाट सह न्यायाधिवक्ता रत्नकेशरी महर्जन र उपन्यायाधिवक्ता प्रकाश घिमिरेले सुरुवाति बहस गरेका थिए । उनीहरूपछि सन्दीपका वकिलहरूले बहस गरे । सन्दीपको तर्फबाट रमण श्रेष्ठ, शम्भु थापा, रामनारायण बिडारी, मुरारी सापकोटा र कृष्ण सापकोटाले बहस सकेका छन् । त्यसपछि फेरि गौशाला २६ का निजी वकिलको पालो आएको हो ।

गौशाला २६ का तर्फबाट चार निजी वकिलले बहस सकाएका छन् । गौशाला २६ का नीजि वकिल शशी अधिकारी, आश्मा आचार्य, लेखनाथ भट्टराई र नारायण चौंलागाईले बहस सकाएका हुन् ।

भोलि सन्दीपको पक्षबाट सरोज घिमिरे र सविता भण्डारीले बहस गर्नेछन् । सबै बहस सकिएपछि भोलि फैसला सुनाउनेछ । बहस लम्बिएपछि मुद्दा हेर्दाहेर्दैमा गएको छ । मुद्दा हेर्दाहेर्दैमा गएपछि आजकै इजलासमा रहेका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको इजलासमा मुद्दा जानेछ ।

क्रिकेटर लामिछाने जिल्ला अदालत काठमाडौंको फैसला उल्ट्याई आफूलाई सफाइ दिनुपर्ने माग गर्दै उच्च अदालत पाटन पुगेका थिए । बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंले गत २५ पुसमा सन्दिपलाई ८ वर्ष कैद, ३ लाख रुपैयाँ जरिवाना र पीडितलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति दिने फैसला गरेको थियो ।

बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई अधिकतम सजाय हुनुपर्ने माग राखी सरकारी वकिलले पनि उच्च अदालत पाटनमा पुनरावेदन निवेदन दिएको छ । जिल्ला अदालत काठमाडौंले आफ्नो मागदाबी भन्दा कम सजाय तोकेको भन्दै सरकारी वकिल कार्यालयले लामिछानेलाई अधिकतम सजाय हुनुपर्ने माग गर्दै पुनरावेदन निवेदन दिएको थियो ।

प्रकाशित मिति : २०८१ जेष्ठ १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस