२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मोरङमा प्रहरीले गोली हानेर भारतीय लागूऔषध कारोबारी पक्रियो

काठमाडौं, जेठ १ गते । मोरङमा प्रहरीले गोली हानेर एक जना लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो र जिल्ला प्रहरी कार्यालयको संयुक्त कारबाहीका क्रममा प्रहरीलाई आक्रमण गर्न खोजेपछि दुई राउण्ड गोली चलाएर एक जना कारोबारीलाई पक्राउ गरिएको एसएसपी गोविन्द थपलियाले बताए ।

उनका अनुसार, घटनामा भारतको बिहार, किसनगञ्ज–८ बस्ने भारीय नागरिक भागिरथ हरिजन घाइते भएका छन् । एक जना प्रहरी सहायक निरीक्षक पनि सामान्य घाइते भएको एसएसपी थपलियाले बताए । हरिजनलाई थप उपचारका लागि अस्पताल लगिएको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस