२०८१ कार्तिक ३० गते शुक्रवार | 2024 November 15th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पोखरामा सूर्यदर्शनभन्दा ठूलो घोटाला प्राइम सहकारीमा, अध्यक्षसहित ८ जना पक्राउ

Prime Cooperative

१ जेठ, पोखरा । कास्कीको प्राइम बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा जिल्ला प्रहरी कार्यालयले ८ जनालाई पक्राउ गरेको छ । मंगलबार प्रहरीले उक्त सहकारीका निवर्तमान अध्यक्ष निदेशप्रसाद कोइराला, अध्यक्ष शंकर कार्की, व्यवस्थापक निरु थापा केसी, कर्मचारी सुरेन्द्रमणि पौडेल, कानूनी सल्लाहकार इन्द्रप्रसाद बराल, पूर्व कोषाध्यक्ष कुलदीप भट्टराई, कर्जा अधिकृत सुनिल थापा र शेयर सदस्य मानबहादुर गुरुङलाई पक्राउ गरेको हो ।

सहकारीका सञ्चालक समितिका पदाधिकारीसमेतले बचतकर्ताको रकम फिर्ता नगरेको, सहकारीको रकम हिनामिना गरेको र ठगी गरेको आरोपमा सहकारी रजिस्ट्रारको कार्यालय पोखराले प्रहरीमा जाहेरी दिएको थियो । उक्त सहकारीमा १ अर्ब ५४ करोड १५ लाख ८ हजार। १४२ रुपैयाँ ८५ पैसा हिनामिना गरेको उजुरी परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रहरीले बचतकर्ताहरुसँग पनि उजुरी आह्वान गरेको छ । यो सूर्यदर्शन सहकारीको भन्दा ठूलो घोटला हो । गृहमन्त्री मुछिएको सूर्यदर्शन सहकारीले कास्कीका १८ हजार ७०० बचतकर्ताको एक अर्ब ३५ करोड हिनामिना गरेको प्रतिवेदन सार्वजनिक भएको थियो ।

 

प्रकाशित मिति : २०८१ जेष्ठ १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस