बर्दिया । प्रहरीले ११ वर्षिय बालिकालाई बालात्कार गरेको अभियोगमा एक ३२ वर्षिय पुरुषलाई पक्राउ गरेको छ । बालिकालाई ललाई फकाई घर नजिक रहेको सामुदायिक वनमा बलात्कार गरेको प्रहरीले जनाएको छ ।
मधुवन नगरपालिका स्थित सामुदायिक वनमा आइतबार राती करिब साढे ११ बजे काका पर्नेले बलत्कार गरेको उजुरीको आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय,बर्दियाका प्रहरी उपरीक्षक प्रवीण धितालले बलत्कार गरेको अभियोगमा उनीमाथि जर्वजस्ती करणीको मुद्दा दायर गरिएको जनाए ।