२०८१ असोज ८ गते मङ्गलवार | 2024 September 24th Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपालको अदालत : २०६८ मा भ्रष्टाचार गर्नेविरुद्ध ०७४ मा मुद्दा, बल्ल भोलि पेसी

काठमाडौं । नेपालको अदालत केही मुद्दामा भने सोचेभन्दापनि छिटो फैसला गर्छ केहीमा भने बर्षौ लाउँछ भन्ने आम जनगुनासो छ । यसकै एक उदाहरण अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको सामाजिक सुरक्षा भत्ता भ्रष्टाचारको मुद्दामा देखिएको छ । जाजरकोटका तत्कालीन सुवानाउली गाविसका सचिवहरुविरुद्ध विशेष अदालत हुँदै उच्च अदालतमा पुगेको मुद्दा ७ बर्षपछि बल्ल पेसीमा चढेको छ ।

तत्कालीन सुवानाउली गाविसका सचिवत्रय किरण न्यौपाने, चिरञ्जीवी जिसी, गोकर्णराज शर्मा र लेखा सहायक लक्ष्मीप्रसाद शर्माले आपसी मिलेमतोमा आर्थिक वर्ष २०६८÷६९ देखि आव २०७१÷७२ सम्मको सामाजिक सुरक्षा भत्ता दुरुपयोग गरेको अख्तियारको ठहर थियो । लक्षित वर्गलाई सामाजिक सुरक्षा भत्ता वितरण नगरी बदनियतपूर्वक हिनामिना गरेको र गैरकानूनी तवरले लाभ लिएको उजुरीका आधारमा छानबिन गर्दा भ्रष्टाचार गरेको पाइएकाले अख्तियारले उजुरी दर्ता गरिएको हो ।

आयोगले तत्कालीन गाविससचिव न्यौपानेले दुई लाख ४५ हजार, जिसीले एक लाख ७५ हजार, शर्माले ९४ हजार र लेखा तथा प्रशासन सहायक लक्ष्मीप्रसाद शर्माले पाँच लाख ७९ हजार रुपैयाँ भ्रष्टाचार गरेको पाइएकाले बिगो असुल गरी हदैसम्मको कारबाहीको माग गरेको थियो । उक्त मुद्दा उच्चमा भने २०७५ साल असार र साउनमा पुगेको थियो । बल्ल भोलि जेठ १ गते पेसी तोकिएको छ ।

प्रकाशित मिति : २०८१ बैशाख ३१ गते सोमवार
प्रतिक्रिया दिनुहोस