२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

वाणिज्य बैंकहरुले जेठका लागि घटाए ब्याजदर, बैकमा राखेको पैसामा अब नगन्य लाभ

३१ वैशाख, काठमाडाैं । वाणिज्य बैंकहरुले जेठ महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन् । प्रकाशित सूचनाअनुसार ब्याजदर वैशाख महिनाको तुलनामा सामान्य घटेको छ । वैशाख महिनाका लागि व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर १९ वाणिज्य बैंकको औसत ७.१४ प्रतिशत रहेकोमा जेठ महिनाका लागि ७.०६ प्रतिशतमा कायम भएको छ। वैशाख महिनाको तुलनामा जेठमा १९ बैंकहरुको औषत ब्याजदर ०.०७ प्रतिशत विन्दुले घटेको हो। त्यस्तै, संस्थागत मुद्दति निक्षेपको ब्याजदर पनि औषतमा ०.०७ प्रतिशतविन्दु घटेको छ।

नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दती निक्षेपमा ७ बैंकले वैशाखकै दरलाई यथावत राखेका छन् । लक्ष्मी सनराइज, कुमारी, नेपाल, नेपाल इन्भेस्टमेन्ट मेगा, स्टान्डर्ड चार्टर्ड, हिमालयन र माछापुच्छ्रे बैंकले व्यक्तिगत मुद्दतीमा दिने अधिकतम ब्याजदर वैशाखकै दरलाई यथावत राखेका छन् ।

त्यस्तै ८ वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् । एनएमबि बैंक, सिटिजन्स इन्टरनेश्नल बैंक, सिद्धार्थ बैंक, प्राइम कमर्सियल बैंक, सानिमा बैंक, नबिल बैंक, एभरेष्ट बैंक र नेपाल एसबिआई बैंकले जेठ महिनाका लागि ब्याजदर घटाएका छन् भने एनआईसी एशिया बैंक र ग्लोबल आइएमई बैंकले बढाएका छन्।

बैशाख महिनाको तुलनामा ८ वाणिज्य बैंकहरुले जेठ महिनाको लागि ब्याजदर घटाएका छन् भने दुई बैंकले बढाएका छन्। एनएमबि बैंक, सिटिजन्स इन्टरनेश्नल बैंक, सिद्धार्थ बैंक, प्राइम कमर्सियल बैंक, सानिमा बैंक, नबिल बैंक, एभरेष्ट बैंक र नेपाल एसबिआई बैंकले जेठ महिनाका लागि ब्याजदर घटाएका छन् भने एनआईसी एशिया बैंक र ग्लोबल आइएमई बैंकले बढाएका छन्।

जेठ महिनामा एनएमबि बैंक र एनआईसी एशिया बैंकले सबैभन्दा बढी ब्याज दिने भएका छन्। यी दुबै बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतममा ७.८ प्रतिशतका दरले ब्याज दिने भएका छन्। त्यस्तै, संस्थागत मुद्दति निक्षेपमा अधिकतममा ६.८ प्रतिशतका दरले ब्याज दिने भएका छन्।

सबैभन्दा कम ब्याजदर भने नेपाल एसबिआई बैंकको रहेको छ। सो बैंकले व्यत्तिगत मुद्दति निक्षेपमा अधिकतम ६.३९ प्रतिशतका दरले ब्याज दिने भएकाे छ । बैंकिङ प्रणालीमा अधिक तरलताका बाबजुत कर्जा प्रवाह न्यून भएसँगै बैंकहरूले ब्याजदर घटाउँदै लगेका छन् ।

 

प्रकाशित मिति : २०८१ बैशाख ३१ गते सोमवार
प्रतिक्रिया दिनुहोस