२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

उपेन्द्रको जसपा बाहिरियो, ३ मन्त्रीमा आजै शपथ लिँदै अशोक राईको जसपा आयो

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल सरकारबाट बाहिरिएसँगै अशोक राई नेतृत्वको जसपा सरकारमा आएको छ । जनता समाजवादी पार्टीले प्रधानमन्त्री प्रचण्डसमक्ष नयाँ मन्त्रीमा ३ जनाको नाम सिफारिस गरिसकेको छ । आजै सपथ ग्रहण हुनेछ ।

जसपाका महासचिव मोहम्मद इस्तियाक राईका अनुसार प्रदीप यादव, हसिना खान र रञ्जु झाको नाम बालुवाटारमा बुझाइएको हो । यादवलाई स्वास्थ्यमन्त्री, हसिनालाई स्वास्थ्य राज्यमन्त्री नियुक्तिको तयारी भएको स्रोतले बतायो । त्यस्तै रञ्जु झाको नाम पनि पठाइएको छ । रञ्जु झाको हकमा भने कुन मन्त्रालय खाली गरेर पठाउने भन्ने प्रधानमन्त्री गठबन्धनमा छलफलमा छन् ।

जसपा नेपालबाट सरकारमा रहेका उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव र वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले आज बिहान राजीनामा दिइसकेका छन् ।

 

प्रकाशित मिति : २०८१ बैशाख ३१ गते सोमवार
प्रतिक्रिया दिनुहोस